विदेशी पर्यटकले अब हनुमानढोकामा एक हजार तिर्नुपर्ने

 

असार २५, काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रुद्रसिं तामाङले विदेशी पर्यटकलाई हनुमानढोका प्रवेशका लागि लगाइँदै आएको शुल्क बढाउने बताएका छन् ।

काठमाडौं दरबार क्षेत्र संरक्षण तथा व्यवस्थापन महासमितिले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत तामाङको सम्मानमा शुक्रबार गरेको कार्यक्रममा उनले पर्यटकलाई लिँदै आएको ७ सय ५० रुपैयाँ शुल्कलाई बढाएर एक हजार पुर्‍याइने बताएका हुन् ।

उनले काठमाडौंका पर्यटकीय स्थलको सुधारका लागि महानगरपालिकाले विभिन्न कार्यक्रम सन्चालन गर्ने जानकारी पनि दिए ।

कार्यक्रमका सहभागीहरुले भूकम्पबाट भत्किएका ऐतिहासिक धरोहरलाई जतिसक्दो छिटो निर्माण गर्न सुझाव दिएका थिए ।