व्यवसायीको विरोधले विदेश जाने युवा मारमा

असार २४, काठमाडौं – वैदेशिक रोजगार व्यवसायीले फ्री भिसा र फ्री टिकटको विरोध गर्दै अनिश्चितकालका लागि व्यवसाय बन्द गरेपछि विदेश जाने कामदार मारमा परेका छन् । अनुमति पाइसकेका केही कामदार प्रक्रिया रोकिदा काठमाण्डुमा अलपत्र परेका छन् ।

संस्थागत रूपमा जाने कामदारको श्रमसम्बन्धी काम पनि रोकिएको छ । वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गरी व्यवसाय अनिश्चित कालका लागि बन्द गरेको जानकारी दिएको छ । सरकारले भने जस्तोसुकै अवस्था आए पनि फ्री भिसा र फ्री टिकटको निर्णयबाट पछाडि नहट्ने जनाएको छ । हरेक दिन १५ सयदेखि २ हजार नेपाली युवा कामका लागि विदेश जाने गरेका छन् ।