रहेनन् विश्वका जेष्ठ नागरिक मोमइको

असार २३, काठमाण्डौ – विश्वकै सबैभनदा जेष्ठ नागरिकको रुपमा गत वर्ष गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल जापानका सकारी मोमइको १सय १२ वर्षको उमेरमा निधन भएको छ |

जापानको टोकियो शहरको पूर्वी इलाका साइतामामा बस्दै आएका १ सय १२ वर्षिय मोमइको निजि निवासमा निधन भएको हो । उनको मंगलबार निधन भएको जापानी अधिकारीहरुले बताएका छन् |

उनको निधन प्रति जापानी सरकार र नागरिकहरुले समवेदना प्रकट गरेका छन् ।