आमा माथिको अनैतिक सम्बन्ध र कुखुरा मारेको आवेगमा दुईको हत्या

असार २१, परासी  –  नवलपरासीका छुट्टाछुट्टै स्थानमा दुई जनाको हत्या भएको छ । ति दुवै घटना कुखुरा मारेको र अनैतिक सम्बन्ध राखेको रिसमा गरिएका छन् । 

सुनवल नगरपालिका–९ पिपरहवाका हेमराज थारुले छिमेकी शिवपुजन थारुको शनिवार राती हत्या गरेका छन् । भने देवचुली नगरपालिका –४ परानपुरका गुनबहादुर आलेले तेजबहादुर पुलापीलाई पनि आईतबार विहान हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय सुनवलद्धारा पक्राउ परेका हेमराजले आफ्नै आँखा अगाडी आमालाई अनैतिक सम्बन्ध राखेको देखेपछि रिसको आवेगमा शिवपुजनको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीमा सोमबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार ३० वर्षिय हेमराजले १५ वर्षअघि आमालाई अनैतिक सम्बन्ध राखेको देखेका थिए । त्यसपश्चात शिवपुजन माथि घृणा पलाएका हेमराजले त्यसको बदला लिने सोंच बनाएर बसेको प्रहरी समक्ष बताए ।
त्यसपछि पनि पटकपटक आफ्नी आमालाई शिवपुजनले अनैतिक सम्बन्ध राखेको देखेको र त्यसो नगर्न बारम्बार सम्झाउँदासमेत नमानेपछि रिसको आवेगमा हत्या गरेको हेमराजले बताएका छन् । घरतर्फ आईरहेका शिवपुजनलाई शनिवार अनैतिक सम्बन्धले गाउँमा आफुहरुको बेईज्यत भएको बताएका थिए ।
त्यसो नगर्न आग्रह गर्दा उल्टै जाईलाग्न थालेपछि कोदालो प्रहार गरी हत्या गरेको अभिुयक्तले बताएका छन् । शिवपुजन नाताले आमातर्फका ठूला बाबु रहेको बताइएको छ । प्रहरी हिरासतमा रहेका हेमराजले हत्याबारे आफुलाई कुनै पश्चाताप नलागेको बताएका छन् । हत्या गरेपछि उनको शव खोला किनारमा फालेको अवस्थामा प्रहरीले फेला पारेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।

त्यस्तै आफुले पालेको कुखुरालाई मारेको आवेगमा आफ्नै भान्जा गुनबहादुरले मामा तेजबहादुलाई रिसको आवेगमा कैचिं प्रहार गरि हत्या गरेकोे इलाका प्रहरी कार्यालय कावासोतीका नायब उपरीक्षक पर्रशुराम तिवारीले बताए ।

उनका अनुसार ३५ वर्षीय भान्जा गुन वहादुरले कैंचि प्रहार गर्ने क्रममा छुट्टाउन आएका तेजबहादुरका छोरा मनबहादुर पुलामी घाईते भएका छन् । मनबहादुरको भरतपुर अस्पतालमा उपचार भइरहेको र अभियुक्त गुनबहादुरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।