बढी मूल्यमा जस्तापाता विक्री गर्ने पक्राउ

असार १८, भक्तपुर- बजार मुल्य भन्दा बढीमा जस्तापाता बिक्री गर्ने सुर्यविनायक नगरपालिका–१ सल्लाघारीमा कवाडी पसल सञ्चालक ४५ बर्षीय टुनटुन चौधरी र कामदार २२ बर्षीय अवदेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

बाणिज्य तथा आपुर्ती मन्त्रालयबाट खटिएको टोली र प्रहरी टोलीले विहिबार अनुगमन गर्दा १ बण्डल जस्ताको बजार मुल्य ५ हजार ९ सय भएकोमा ६ हजार ३ सयमा विक्री बितरण गरी कालोबजारी गरी रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।