बिहीबार मात्र तीनवटा पराकम्पन

असार ११, काठमाडौं – बिहीबार तीनवटा पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राती ११ बजेर ५१ मिनेटमा नुवाकोट र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यसअघि ११ बजेर ४९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ र बेलुकी ९ बजेर ७ मिनेटमा नुवाकोट केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो ।

बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको ठूलो भूकम्पपछि साना पराकम्पन आइरहेका छन् । अहिलेसम्म ४ रेक्टर स्केल माथिका ३ सय ३० वटा पराकम्पन गएको केन्द्रले जनाएको छ ।