१६ बुँदे सहमति खारेज गर्नुपर्छ : नेता गुरुङ

असार ७, दाङ – नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले चार दलका बीचको १६ बुँदे सहमति खारेज गर्नु पर्ने बताउनुभएको छ ।

१६ बुँदे सम्झौताले दलहरु बीच दुरी बढाएको बताउदै अप्रजातान्त्रीक र पश्चगामि सम्झौता खारेज गर्नुपर्ने बताउनुभयो ।
रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्व मन्त्री समेत रहेका गुरुङले १६ बुँदेका बिषयमा सर्बोच्च अदालतले गरेको अन्तरीम आदेशको स्वागत गर्नुभयो । उहाले राजनीतिक हस्तक्षेप नभई गरिएको भए सर्बोच्चाको यो अन्तरीम आदेशलाई नेकपा माओबादीले स्वागत गरेको जानकारी दिनुभयो ।
उहाले बिगतमा भएका बृस्तीत शान्ति सम्झौता,८ बुँदे,१२ बुँदे देखी अन्तरीम संबिधानको भावना बिपरित दलहरुले १६ बुँदे सम्झौता गरेको आरोप लगाउनु भयो ।
उहाले यो सम्झौताले मुलुकको राजनीति ०४७ सालको सेरोफेरोमा पुग्ने यथास्थितिबादी बाटो भएको आरोप लगाउनु भयो ।
महाभूकम्पका कारण मुलक बिपत्तामा परेको यो समयमा एक जुट भएर पुर्नंसरचनामा लाग्नु पर्ने परिस्थिका विपरीत चार दलले सत्ता बाँडबाँठ र कुर्सीकालागि मात्रै १६ बुँदे गरेको गुरुङको आरोप छ ।
उहाँले बिपत्त ब्यबस्थापनको नाममा सार्बभौम सत्तालाई बिचलनमा पार्न अन्तराष्ट्रिय शक्तिले चलखेल गरिरहेको बताउनुभयो । कहिले राहत बितरणको स्वतन्त्र रुपमा बितरण गर्न पाउने माग गर्ने त कहिले सत्ता समिकरणको जाल फाल्ने काम अन्तराट्रिय क्षेत्रबाट भएको छ उहाले भन्नुभयो । बिदेशीको त्यहि जालमा परेर सरकार परीवर्तनको कुरा उठेको दाबी गर्नुभयो ।
रिपोटर्स दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा वोल्दै उहांले योजना बिनाको १० गते नेपालमा हुन लागेको दातृ राष्ट्रहरुको सम्मेलनले कुनै उपलब्धि नहुने बताउनुभयो ।
कुनै योजना नै छैन सरकारसग कसरी उपलब्धि प्राप्त गर्न सक्छ प्रस्न गर्नुभयो ।
उहाले राहत तथा पुर्न निमार्णका लागि गठन गरिएको प्राधिकरण प्रति असन्तुष्टी जनाउनुभयो ।
अर्को एक प्रसङमा उहाले ५ दलीय माओबादी मोर्चाको भावना बिपरीत एकिकृत नेकपा माओबादीले सत्ता समिकरण र संबिधान निर्माण प्रक्रियाको खेलमा लागेको बताउनुभयो । ५ दलीय माओादी मोर्चाले बिपत्त ब्यबस्थापनलाई पहिलो प्राथमीक्ताका साथ सहकार्य गर्दै आएकोमा एमाओबादीले ट्याक बदलेको बताउनुभयो । १६ बँुदे सम्झौताका कारण अब केही समयका लागि नेकपा माओबादी र एकिकृत नेकपा माओबादी बीचको एकिकरणको प्रक्रिया तुहेको जानकारी दिनुभयो ।