विद्यालयको शुल्क अनुगमन गरिँदै

असार ७, काठमाडौ – निजी विद्यालयले शुल्क बढाएका विषयमा अनुगमन सुरु भएको छ ।

सरकारी अधिकारी, विद्यार्थी नेता र अभिभावकसहितको टोलीले आजदेखि अनुगमन सुरु गरेको हो । पहिलो दिन आज काठमाडौँका विभिन्न निजी विद्यालयमा अनुगमन गरिएको छ । निजी विद्यालयले गरेको शुल्क वृद्धिको सरकारी अधिकारी, विद्यार्थी नेता र अभिभावकसहितको टोलीले आजदेखि अनुगमन सुरु गरेको छ ।
हिजो काठमाडौँका विभिन्न निजी विद्यालयमा अनुगमन गरिएको थियो । आजेखि भक्तपुर, ललितपुरका साथै काठमाडौँ उपत्यका बाहिरका जिल्लामा समेत अनुगमन गरिने बताइएको छ । नेविसंघका प्रवक्ता नेता युपी लामिछानेले विद्यालयमा शिक्षा निर्देशिका कार्यान्वयन भए–नभएको, अनुमगन गरिएको बताउनुभयो ।
भूकम्पपछिको बिदा अवधिको ५० प्रतिशत शुल्क छुट दिन र शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन गर्न तयार भएपछि १३ विद्यार्थी सङ्गठनले यही असार १ गतेदेखि गर्ने भनिएको आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए ।
गत वैशाख ६ गते सरकार र अभिभावक तथा विद्यार्थी सङ्गठनबीच नयाँ शैक्षिकसत्रमा गरिएको शुल्क वृद्धि स्थगन गरी प्राविधिक अध्ययनपछि बढी देखिएमा फिर्ता गर्ने सहमति भएको थियो ।