प्रविधि शाखामा निर्देशकसहित ७५ जनाको पदपूर्ति

असार ६, काठमाडौँ – सर्वोच्च अदालतले सूचना प्रविधि शाखामा निर्देशकसहित ७५ जनाको पदपूर्ति गर्दैछ । तर, माग भएको पदका लागि प्रतिस्पर्धी नै सर्वोच्चको पदपूर्ति समितिका सदस्य छन् ।

सर्वोच्चले सूचना प्रविधि निर्देशक एक , म्यानेजर एक, मेन्टिनेन्स अफिसर एकसहित करार सेवामा ७५ जनशक्ति माग गरेको छ । म्यानेजर पदमा दरखास्त दिएका प्रतिस्पर्धी व्यक्ति सर्वोच्चको छनोट समितिमा पनि छन् ।
सर्वोच्चले माग गरेको जनशक्ति पदपूर्ति समिति पनि दुईवटा छन् । सामान्यतः एक विज्ञापनमा एक पदपूर्ति समिति हुने प्रचलत छ । सूचना प्रविधि निर्देशक र म्यानेजरका लागि न्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा पदपूर्ति समिति छ । अन्य ६ प्रकारका पदका लागि सहसचिव ममता खनाल प्रमुख रहेको पदपूर्ति समिति छ ।
पराजुलीको नेतृत्वमा रहेको समितिमा रजिस्ट्रार श्रीकान्त पौडेल र दूरसञ्चारका एक प्राविधिक सदस्य छन् ।