बाढीका कारण पुर्वपश्चिम राजमार्गको वदीर्बास खण्ड अवरुद्ध

असार ४, काठमाडौ – महोतरीको रातु नदिमा आएको बाढीका कारण पुर्वपश्चिमा राजमार्ग अन्र्तगतको वदीर्बास खण्ड अवरुद्ध भएको छ । गए रातिको वर्षाका कारण माहोतरी र सिन्धुलीको चुरे क्षेत्रबाट नदिमा बाढी आउँदा राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भए पछि सवारी साधन सञ्चालनमा आउँन सकेका छैन्न ।

रातुपुल मुनिको डईभर्सनबाट सवारी सञ्चालनमा समस्या भएको जनाईएको छ । बाढीका कारण कयौं सवारी साधन जाममा फसे पछि हजारौं यात्रु अलपत्रमा परेका छन् ।