आजदेखि मनसुन सक्रिय हुने

असार ४, काठमाडौ – आजबाट मध्य र पूर्वी क्षेत्रमा मनसुन सक्रिय हुने मौसम पुर्वअनुमान महाशाखाले जनाएको छ । बंगालको खाडीबाट मनसुन सक्रिय गराउने वायु आइरहेकाले आजदेखि मनसुन सक्रिय हुने अनुमान गरिएको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार त्यो वायुले जलवाष्पयुक्त हावा लिएर नेपाल आइरहेकाले मनसुन अझै सक्रिय हुने अनुमान गरिएको हो । त्यो वायु नेपालमा भित्रिएपछि विशेषगरी मध्य र पूर्वमा बदली हुनेछ । महाशाखाका अनुसार आज मध्य तथा पहाडि क्षेत्रमा पानी पर्ने मौसमविद् पौडेलले बताउनुभयो ।