भूकम्प प्रभावितको लागि अस्थायी बासस्थानको छनौट

असार ४, काठमाडौ – भूकम्प प्रभावित जिल्लाहरुमा अस्थायी बासस्थानको छनौट गर्न भूगर्भ्विद्हरुले आज पनि सम्बन्धित जिल्ला सभासद्हरु सँग छलफल गर्दै छन्। भूकम्प प्रभावित १६ जिल्लाको स्थलगत अध्ययनपछि फर्किएका भूगर्भ्विद्हरुले सम्बन्धित जिल्लाका सभासद्हरुसँग हिजो देखि छलफल गरि रहेका छन् । सभासदहरुसँग छलफल गरेपछि अस्थायी बासस्थानकोलागि सुरक्षित ठाउँको छनौट गर्ने तयारी भैहरकेको खानी तथा भूगर्भ विभागका महादिर्नेशक सर्व्जित प्रसाद महतोले बताउनुभएको छ ।

उहाँका अनुसार २७ जना भूगर्भ्विद् १६ जिल्लाको स्थलगत अध्ययन गरी फर्किएका छन् । यसअघि ५४ जना भूगर्भ्विद्ले १८ वटा समूह बनाएर भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, धादिङ, गोरखा, नुवाकोट र रसूवाको अध्ययन गरेका थिए । ती जिल्लासहित अरु ठाउँको अनुगमन गरेर फर्किएका भूगर्भ्विद्हरुले सम्बन्धित जिल्लाका सभासद्हरुसँग छलफल गरेका हुन ।
आज छलफल सकेपछि आउँदो आइतबार प्रभावित क्षेत्रका बस्न मिल्ने र नमिल्ने ठाउँ उल्लेख गरिएको प्रतिवेदन सहरी विकास मन्त्रालय मार्फत गृह मन्त्रालयमा बुझाउने जनाइएको छ ।