कोलम्बियासँग ब्राजिल पराजित, नेयमारलाई रातो कार्ड

असार ३, काठमाडौँ – चिलीमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत समुह सी को खेलमा कोलम्बियासँग ब्राजिल पराजित भएको छ । कोलम्बियालाई विजयी गराउन जेईसन मुरीलोले ३६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पहिलो खेलमा भेनेजुयलासँग हार व्यहोरेको कोलम्बियाले गएराति ब्राजिलमाथि जित दर्ता गरेको हो । neymar red card

खेल सकिएपछि रेफ्रीले ब्राजिलका नेयमार र कोलम्बियाका बाक्कालाई रातो कार्ड दिएका छन् । नेयमारले खेल सकिएपछि हानेको बलले अर्मेरोलाई लागेपछि बाक्काले नेयमारलाई धकेलेका थिए । अब नेइमरले समुह चरणको अन्तिम खेल खेल्न नपाउने भएका छन् । पेरुविरुद्ध जितदिलाउन दिलाउन महत्वपूर्ण भूमिका खेलका नेयमार बिना खेल्दा ब्राजिली टोली दवाबमा हुनसक्छ ।

जीतपछि कोलम्बियाले समुहबाट दोस्रो चरण पुग्ने संभावना जिवित राखेको छ । दुई खेलबाट ब्राजिल र कोलम्बिया दुबै टोलीले ३-३ अंक जोडेका छन् । एक खेलबाट तीन अंक जोडेको भेनेजुएलाले समुहको दोस्रो खेलमा शुक्रबार बिहान पेरुसँग खेल्नेछ । यसअघि समुहको पहिलो खेलमा ब्राजिलले पेरुलाई २-१ ले हराएको थियो भने भेनेजुएलाले कोलम्बियालाई १-० ले हराएको थियो ।