धादिङ खाल्टेका बासिन्दाले पाए राहात

जेठ ३२, काठमाडौं – वैशाख १२ र २९ गतेको विनाशकारी महाभूम्पका कारण घरबार बिहिन भएका धादिङ खाल्टेका ५ सय २० घरधुरी तथा क्षाति ग्रस्त १० ओटा बिद्यालयले भूकम्प गएकोे ४६ दिन पछि बल्ल राहात पाएका छन ।

आफ्नो घर तथा छिमेकी बिद्यालयको जग समेत पहिचान गर्न नसक्ने गरी भत्किएका संरचनालाई हेर्दै स्याउलाको छाप्रो बनाएर बसेका स्थानीयहरु राहात पाए पछि निकै खुसी बने ।
दक्षिण कोरीयली सहयोगी संस्था गुड पिपुल इन्टरनेश्नले गाउँका लागी खाद्यान्न सामाग्री तथा रोशिका हेल्पिङ ह्यण्डस काठमाडौँले त्यस क्षेत्रका बिद्यालयको लागी जस्ता पाता तथा शैक्षिक सामाग्री बितरण गरेको हो । गुड पिपुल इन्टरनेश्नका नेपाल प्रमुख ज्ञान बहादुर शाहीका अनुसार पहिलो चरणको राहात प्याकेज स्वरुप आफुहरुले ५२० बोरा चामल, ५२० किलो नुन, ५० बोरा दाल तथा ५२० लिटर खाने तेल वितरण गरेको जानकारी दिए । एक महिनाका लागी कम्तिमा खान पुगोस भन्ने चानाका साथ राहत ल्यइको र राहात थप्दै लैजाने शाहीको भनाई छ । पाखो जमिनमा बस्ती तथा जग्गा जमिन रहेको काउले, धुसेनी तथा गैरी बसाहका स्थानियहरुको आफ्नै धान फल्ने खेत कमैको मात्र छ । त्यस माथी भुकम्पले भएको थोरै अन्न पनि पुरीए पछि स्थानियहरु निकै कष्टकर जीवन जिउन बाध्य थिए ।
त्यस्तै रोशिका हेल्पिङ ह्यण्डस काठमाडौले गाविसका ५ ओटा बिद्यालयका लागी ३२ बन्डल जस्ता पाता तथा १० ओटा बिद्यालयका लागी ३० हजार थान कापी तथा १० हजार थान सिसा कलम र खेलकुद सामाग्री वितरण गरेको थियो । सरकारले बिद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि यहाँका बिद्यलयहरु पूर्ण रुपमा ध्वस्त छन भने अधिकांस बिद्यार्थीका किताब कापि पुरिएका थिए । हेल्पिङ ह्यण्डसका अध्यक्ष राजनप्रसाद ढुङ्गानाले बिद्यालय तथा बिद्यार्थीलाई बितरण गरेको जस्ता पाता तथा शैक्षिक सामग्रीले शैक्षिक गतिविधि अघि बढाउन सहयोग पुग्ने आशा ब्यक्त गरे । तर राहत वितरण गर्न सहज परीस्थिती निमार्ण नगरी दिएको भन्दै उनले प्रशासनको अनावश्यक हस्तक्षेप कम हुनु जरुरी रहेको बताए । सोही कार्यक्रममा डाक्टर जयवन्त अभियन अन्र्तगत फिजिसियन डा. जयवन्त बिक्रम शाहले २ सय बिरामीको निशुल्क स्वास्थ्य परीक्षण गरि औषधी समेत प्रदान गरेका थिए ।

खाल्टे गाविसमा मात्रै भूकम्पमा परी २७ जनाले ज्यान गुमाएका थिए भने दुई दर्जन बढी घाइते भएका थिए । गाविसको ९५ प्रतिशत घर पूर्ण रुपले ध्वास्त छन भने अस्पताल तथा बिद्यालय पुर्ण रुपले अझैसम्म सञ्चालनमा आउन सकेको छैन । जिल्लामा राजनितिक पहँुचका आधारमा राहत वितरण गर्ने परीपाठी मौलाए पछि सडक सञ्जालले नछोएका ग्रामिण वस्तीहरुमा भोकमरी र सरुवा रोगको संक्रमण बढ्ने खतरा भएको भन्दै स्थानियहरु चिन्तित भएका छन । उनिहरुले आफुहरु अबको एक महिनासम्म प्राप्त राहतले बाँच्न सक्ने भए पनि त्यस पछि के गर्ने भन्ने अन्यौल रहेको भन्दै जिवन रक्षाका लागी पहल गरिदिन आग्रह समेत गरे ।।