कोलम्बिया,ब्राजिल,इग्ल्याण्ड र कोरिया विजयी

जेष्ठ ३१ , कठमाण्डौ – क्यानडामा जारी महिला विश्वकप फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा कोलम्बिया,ब्राजिल,इग्ल्याण्ड र कोरिया विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत भएको पहिलो चरणको दोश्रो खेलमा दोश्रो खेलमा ब्राजिलले स्पेनलाई १–० ले पराजित गर्यो ।

ब्राजिलको जितमा पहिलो हाफको ४४ मिनेटमा अल्भेसले एकमात्र निर्णाएक गोल गरिन् । जित सँगै समुह ई मा रहेको ब्राजिल ६ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । यस्तै गए रातीनै भएको खेलमा इग्ल्याण्डले मेक्सिकोलाई २–१ गोलले पराजित गर्यो । इग्ल्याण्डको जितमा खेलको ७१ औं मिनेटमा किर्वी र ८२ औं मिनेटमा कारनीले गोल गरिन् । मेक्सिकोका तर्फबाट भने दोश्रो हाफको इन्जुरी समयमा इबाराले एकमात्र सान्त्वना गोल गरिन् । गए रातीनै भएको अर्को खेलमा कोलम्बियाले फ्रान्सलाई २–० ले पराजित गर्यो । कोलम्बियाको जितमा पहिलो हाफको १९ औं मिनेटमा एण्ड्रेड र दोश्रो हाफको इन्जुरी समयमा उस्मेले गोल गरिन् ।
यस्तै आज विहान सम्पन्न खेलमा दक्षिण कोरिया र कोस्टारिकाले २–२ गोलको बराबरी खेलेका छन् । पहिलो हाफको १७ औं मिनेटमा हेर्राको गोल मार्फत अग्रता लिएको कोष्टारिकाले आफ्नो अग्रता ४ मिनेटभन्दा अघि बढाउन सकेन् । पहिलो हाफको २१ औं मिनेटमा जि सोयुनले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएकि थिइन् । त्यस्तै २५ औं मिनेटमा जोन गायुलले गोल गर्दै कोरियालाई २–१ गोलको अग्रता दिलाइन् । तर खेल सकिन १ मिनेट बाँकी छदा कोष्टारिकाकी भिलालोवोसले गोल गरेपछि खेल बराबरीमा सकियो ।