तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाईनल खेल आज हुँदै

जेठ २३,बुटबल-  बुटबलमा जारी १८औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाईनल खेल आज हुँदै छ । दोस्रो सेमिफाइनलमा झापा–११ र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

क्वार्टरफाइनलमा झापाले नेपाल पुलिस क्लबलाई तथा आर्मीले धरान फुटबल क्लबलाई हराएको थियो । यसअघि रुपन्देही–११ले हिजो भएको पहिलो सेमिफाइनलमा भारतको दार्जि्लिङ–११ लाई ५–२ ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
रुपन्देहीलाई हराउनेक्रममा दीपक राईले ह्याट्रिक गरे भने म्यान अफ द म्याच बिमल घर्तीमगर र पुकार गहतराजले एक–एक गोल गरे ।