राहत रकम र परिचयपत्र वितरण आज देखि सुरु

जेठ २३,नवलपरासी- जिल्ला प्रशासन कार्यालय नवलपरासीले भूकम्प प्रभावितलाई राहत रकम र परिचयपत्र वितरण आज देखि सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको उपस्थितिमा देवचुली नगरपालिका– १ केउरेनीबाट राहत रकम र भूकम्प प्रभावितलाई परिचयपत्र वितरण सुरु गरिएको हो ।
पूर्ण क्षति भएका परिवारलाई रु १५ हजार र आंशिक क्षति भएका परिवारलाई रु तीन हजारको दरले राहत रकम वितरण गरिएको हो ।
नवलपरासीमा भूकम्पका कारण चार सय ४६ घरमा पूर्ण र तीन हजार तीन सय ४३ घरमा आंशिक क्षति पुगेको छ । तीमध्ये दुई सय ९७ परिवारका दुई हजार हजार दुई सय १७ जना विस्थापित भएका छन् ।
पहिलो चरणमा भूकम्पबाट धेरै क्षति पुगेको देवचुली नगरपालिकाबाट राहत रकम वितरण सुरु गरिएको हो । देवचुली नगरपालिकामा मात्रै एक सय दुई घरमा पूर्णरुपमा र दुई सय ६५ घरमा आंशिक क्षति पुगेको छ ।