पेट्रोलियम पदार्थको मुल्य बढ्यो

जेठ १८,काठमाडौ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।

अन्तराष्ट्रिय बजारमा बढेको मूल्य अनुसार नेपालमा पनि समायोजन गरिएको आयल निगमले जनाएको छ ।