अझै रोकिएन भुकम्पको पराकम्पन

जेठ १४,काठमाडौं – बिहीबार बिहान भूकम्पको ४ वटा पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको हो ।

त्यसअघि ५ बजेर १२ मिनेटमा काठमाडौंको दक्षिण पश्चिम केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।
केन्द्रबिन्दू नजिक भएकाले यो पराकम्पले काठमाडौंमा बढी धक्का दियो । ओछ्यानमा सुतिरहेकाहरु झस्केर उठेका थिए । तर निकै छोटो अवधिको पराकम्प भएकाले जनजीवन त्यति आतंकित हुन पाएन । यसअघि बिहीबारै बिहान ३ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटमा गोरखा र धादिङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको छ ।
बुधबार भूकम्पको ५ वटा पराकम्प गएको छ । बुधबार बेलुकी १० बजेर २९ मिनेटमा रसूवा र नुवाकोट केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो । यस्तै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दिउँसो १ बजेर १५ मिनेट र १ बजेर १६ मिनेट जाँदा ४ दशमलव ५ रेक्टर स्केलको र ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसअघि १२ बजेर ३ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो । राती ३ बजेर ४० मिनेटमा पनि गोरखा र धादिङ केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक भएकाले नआत्तिन तर सचेत रहन केन्द्रले सबैमा आग्रह गरेको छ।