महिनौदिन विते पनि पराकम्पन्न जानेक्रम अझै रोकिएन

जेठ १३,काठमाडौं – बैशाख १२ को महाभुकम्प गएको महिनौदिन विते पनि पराकम्पन्न जानेक्रम अझै रोकिएको छैन । बैशाख १२ पछि अहिलेसम्म २० हजार भन्दा धेरै पराकम्पन्न गएको भुकम्प मापन केन्द्रले जनाएको छ । अहिले सम्म ४ रेक्टर भन्दा माथि २ सय ७० वटा पराकम्पन्न गएको केन्द्रले जनाएको छ ।

गए राती पनि १० बजेर ५२ मिनेटमा रसुवा केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको पराकम्प गएको केन्द्रले जनाएको छ । हिजो दिनभरमा ५ वटा पराकम्पन गएका थिए । ललितपुर र काभ्रे केन्द्रबिन्दु भएर ८ बजे ४ दशमलव ३ रेक्टर स्केलको, ६ बजेर ३९ मिनेटमा र ५ बजेर ४८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यस्तै २ बजेर ११ मिनेटमा पनि दोलखा नै केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो ।
यस्ता साना पराकम्पन लामो समयसम्म आइरहने भएकाले नआत्तिन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सबैलाई आग्रह गर्नुभयो । भुकम्पका कारण अहिले सम्म ८ हजार ६ सय ७४ जनाको मृत्यु भएका छन् भने २१ हजार ९ सय ५४ जना घाईते भएका छन् ।