मिडिल्सब्रोलाई हराँउदै नर्विच सिटी इङ्गलिश फुटबलको शिर्ष डिभिजन प्रिमियरसिपमा

जेठ १२,काठमाडौं – मिडिल्सब्रोलाई हराँउदै नर्विच सिटी इङ्गलिश फुटबलको शिर्ष डिभिजन प्रिमियरसिपमा फर्किएको छ । गएराती वेम्बले रंगशालामा भएको प्ले अफ खेलमा मिडिल्सब्रोलाई २—० ले हराँउदै नर्वीच सिटी एक सिजनको अनुपस्थितीमै प्रिमियर डिभिजनका फर्किएको हो ।

इङ्गलिश फुटबलको दोस्रो श्रेणी च्याम्पियनसिप जित्दै बर्नमाउथ र उपविजेता बन्दै वाट्फोर्ड प्रियिमर डिभिजनमा उक्लिसकेका छन् । प्रिमियरसिपमा अन्तिम स्थान बनाउन च्याम्पियनसिपका अन्य चार टोलीहरु नर्विच सिटी, मिडिल्सब्रो्, ब्रेण्टफोर्ड र इप्सवीचले प्ले अफ खेलेका थिए ।
फाइनल प्ले अफमा विजयी हुँदै नर्विच सिटी प्रिमियरसिपमा फर्किदा ६ वर्षदेखि प्रियिमर डिभिजनबाट टाढा रहेको मिडिल्सब्रो भने फेरी एकपटक अन्तिम समयमा चुकेको छ । हालसम्म ५ पटक वेम्बले रंगशालामा खेलेको मिडिल्सब्रोले उक्त रंगशालामा एउटापनि खेल जित्न सकेको छैन ।
यसपटक मिलवाल, विगान एथ्लेटिक र ब्ल्याकपुल भने च्याम्पियनसिपबाट तेस्रो श्रेणीमा झरेका छन् ।