सरकारले भूकम्पबाट अति प्रभावित ६ जिल्लामा भूगर्व्विदहरुको टाक्स फोर्स टिम पठाउने

जेठ ६, काठमाडौँ – सरकारले भूकम्पबाट अति प्रभावित ६ जिल्लामा भूगर्व्विदहरुको टाक्स फोर्स टिम आजबाट पठाउने भएको छ । १८ वटा टिम पठाउन उच्चस्तरिय ‘टाक्स फोर्स गठन भएको सरकारले जनाएको छ । सरकारले घोषणा गरेका अतिप्रभावित जिल्लामा गोर्खा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिडमा भूगर्व्विदको १८ वटा टिम पठाउने छ, जसमा प्रत्येक टीममा तीन सदस्य भूगर्भ्विद रहनेछन् ।

खानी तथा भूगर्भ विभागका महानिर्देशकको नेतृत्वमा खानी विभाग, इसिमोड, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भूगर्भवीद र नेपाल भौगर्भिक समाजको प्रतिनिधित्व रहेको उच्चस्तरीय टाक्स फोर्स गठन भएको हो ।

महानिर्देशकको नेतृत्वमा गठित नौ सदस्यीय ‘टाक्स फोर्स’ ले भूकम्प प्रभावित क्षेत्रको स्थलगत तथा स्याटेलाइ डाटाको आधारमा सात दिन भित्र प्रतिवेदन पेश गर्नेछ । प्रत्येक टिममा ३ जना भूगर्भ्विद्हरु हुने उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए । टाक्स फोर्सले सात दिन भित्र पे गरेको प्रतिवेदनका आधारमा गृहमन्त्रालय अन्तगरत रहेको अस्थायी पुनर्वास कार्यक्रमका ल्याउने छ ।