प्रधानमन्त्री राहत कोषमा २ अर्ब ७२ करोड जम्मा

जेष्ठ ४, काठमाण्डौ – प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषले भूकम्प पीडितहरुको सहयोगका लागि हालसम्म ४ अर्ब रुपैयाँ निकाशा गरिसकेको जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणगोपाल मलेगोले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म २ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ मात्रै जम्मा भए पनि ४ अर्ब निकाशा भइसकेको जानकारी दिए ।
कोषमा जम्मा भएको रकम र त्यसको प्रयोगको हिसाबकिताब महालेखापरीक्षकको कार्यालयबाट हुने र संसद्मा प्रस्तुत पनि गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणगोपाल मलेगोले बताए ।
राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आएको सहयोग दुरुपयोग नहुने भन्दै सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक उच्चस्तरिय समिति पनि गठन गरेको छ