रामेछापमा दोस्रो ठूलो भुकम्पको कारण मृत्यु हुनेको संख्या १२ पुग्यो , उद्धार र राहात जारी

जेष्ठ ३, रामेछाप – गएको बैशाख २९ गते गएको भुकम्पमा परि रामेछापमा जिल्लामा मृत्यु हुनेहरुको संख्या १२ पुगेको छ । चनखु गाविस ५ की ८३ वर्षीया योगमायाँ श्रेष्ठको मृत्यु भएको पछिल्लो जानकारी आए पछि मृतकहरुको संख्या १२ पुगेको हो ।

रामेछापका प्रहरीका अनुसार भुकम्पमा परि अन्य ज्यान गुमाउनेहरुमा गुम्देल गाविस– ८ का ५४ वर्षिय हितबहादुर दर्जी, बाम्ति गाविस २ का ६४ वर्षिय दानिमा शेर्पा, वेताली ८ की ३१ सरिता घिमिरे, चुचुरे ५ का ८४ वर्षिय वलकाजि श्रेष्ठ, गौश्वारा गाविस २ का ४५ वर्षिय मंगले तामाङ र नागदह गाविस ४ का २५ वर्षिय इन्द्रबहादुर मगरको भुकम्पमा परि ज्यान गएको छ ।
त्यसै गरि पुरानागाउँ गाविस १ का ४२ वर्षिय अशोक थापा मगर, ठोसे ९ का ६० वर्षिय दानर्वु शेर्पा, ठोसे ४ का उत्तरबहादुर कार्की, ठोसे ३ का ८१ वर्षिय पेमा शेर्पा र चुचुरे ५ का ८३ वर्षिय योगमायाँ श्रेठको पनि भुकम्पमा परि ज्यान गएको छ ।
उद्धार जारी
भुकम्पमा परि जिल्लामा हालसम्म ६४ जना घाइते भएका छन् । घाइते २२ जनालाई विभिन्न स्थानबाट हेलिकप्टर मार्फत उद्धार गरएको थियो । ती मध्ये १५ जनालाई थप उपचारको लागि हेलिकप्टरबाटै काठमाडौँ लगिएको छ । केही घाइतेको मन्थलीमा उपचार भई रहेको छ । भुकम्पका कारण जिल्लाका अधिकाँस घरहरु बस्न नहुने गरि भत्किएका छन् । केही पक्कि घरबाहेक कच्चिघरहरु बस्न नहुने गरि विग्रिएका प्रहरीले जनाएको छ ।
यस अघि बैशाख १२ गते गएको भुकम्पमा परि जिल्लामा २५ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । जिल्लाका ४७ हजार घर मध्ये ४५ हजार घर बस्न नहुने गरी भुकम्पले क्षति ग्रस्त बनाएको तथ्याङ्क स्थानीय प्रशासनले सार्वजनिक गरेको छ । फेरी शक्तिसालि भुकम्प गएपछि राहत वितरणसंगै उद्धार कार्यलाई अघि बढाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताए ।

राहात वितरण जारी

यसै बिच जिल्ला दैवी प्रकोप उद्धार समिति रामेछापसँग अनुमति लिई रामेछाप जिल्लाका भुकम्प प्रभावितलाई विभिन्न संस्था र व्यक्तिहरुले राहात सामाग्रि वितरण गरी रहेका छन् । रामेछापको मन्थली नगरपालीका १३ मा दलित एकता सञ्जाल नेपाल काठमाडौँको आयोजनमा ५७ परिवारलाई राहता सामाग्रि वितरण गरिएको छ । प्रभावितहरुलाई त्रीपाल, कम्मल, चामल, दाल, नुन, तेल, तरकारी, सावुन लगायतका सामाग्रिहरु वितरण गरिएको थियो ।

यसै गरी लाइन्स क्लव अफ काठमाडौले रामेछाप नगरपालीका ४ का २ सय १५ परिवारलाई त्रीपाल, कम्मल, भाँडाकुँडा, खाद्यान्ह, टर्चलाइट लगायतका सामाग्रिहरु वितरण गरेको छ । अन्य विभिन्न संस्था र व्यक्तिले पनि प्रभावितहरुलाई सहयोग गरी रहेका छन् ।