चर्किएर बस्न नमिल्ने घर तत्काल भत्काउन सरकारद्धारा सबैलाई आग्रह

जेष्ठ २, काठमाण्डौ—चर्किएर बस्न नमिल्ने घर तत्काल भत्काउन सरकारले सबैलाई आग्रह गरेको छ ।   गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसँग समन्वयन गर्न सबैलाई आग्रह गर्नु भएको हो ।
चर्किएका घर भत्काएपछि राहत रकम नपाउने भन्दै धेरैले घर भत्काउन मानेका छैनन् । तर सरकारले ति घरको लागत संकलन गरेर भत्काउने काम भैरहेको उहाँले बताउनुभयो । त्यसको लागि शहरी विकास मन्त्रालय, प्रमुख जिल्ला अधिकारी, नगरपालिका, वडामा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।
कतिपयले क्षतिपूर्ति नदिएसम्म घर भत्काउन नदिने, सामान निकाल्नुपर्ने भन्दै अवरोध गरेपछि काम गर्न गार्हो भएको प्रवक्ता ढकालको भनाई छ । चर्किएका घर व्यवस्थापनमा सरकारलाई सघाउन उहाँले अनुरोध गर्नुभयो । सरकारले आजपनि राहत र उद्धारको कामलाई निरन्तरता दिदैछ । गृह मन्त्रालयका प्रवक्ता ढकालका अनुसार आज दोलखा, सोलुखुम्बु, सिन्धुपाल्चोक लगायतका ठाउँमा राहत र उद्धारको काम हुनेछ ।