ईन्डियन प्रिमियर लिग आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज पनि दुई खेल हुने

बैशाख २७, काठमाण्डौ –ईन्डियन प्रिमियर लिग आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज पनि दुई खेल हुने भएका छन् । पहिलो खेलमा आज मुम्बई ईण्डीयन्स र रोयल च्यालेन्जर्स बैंग्लोर खेल्ने छन् भने दोस्रो खेलमा चेन्नाई सुपर किङ्स र राजस्थान रोयल्स भिड्नेछन् ।

यसैविच यस अघिको खेलमा कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ । हिजो भएको खेलमा किङ्गस इलाभेन पञ्जाबमाथि १ विकेटको सनसनीपूर्ण जित हासिल गर्दै कोलकाता १५ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो । एक सय ८४ रनको चुनौती कोलकाताले १ बल खेल्न बाँकी छँदा ९ विकेट गुमाएर पूरा र्गयो ।
तालिकामा ११ खेलबाट १४ अंक बटुलेको चेन्नई दोस्रो स्थानमा झर्दा १२ खेलबाट १४ अंकमै रहेको राजस्थान रोयल्स तेस्रो स्थानमा धकेलिएको छ । उता सनराईजर्स हैदरावाद चौथो स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा दिल्ली डेयरडेभिल्सलाई ६ रनले हराँउदै हैदरावाद चौथो स्थानमा उक्लिएको हो ।
खेलमा पहिले व्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनायो । जवाफमा १ सय ६४ रनको लक्ष्य पछ्याएको दिल्ली १ सय ५७ रनमै समेटियो ।