रोनाल्डोले दिए नेपालका भूकम्प पीडितलाई सात करोड

बैशाख २६, काठमाण्डौ – विश्व फुटबलका चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले नेपालका भूकम्प पीडितलाई सात करोड को राहत प्रदान गरेका छन्।विश्व फुटबलका चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले नेपालका भूकम्प पीडितलाई सात करोड को राहत प्रदान गरेका छन्।
स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज स्ट्रार्इकर रोनाल्डोले भूकम्प पीडितका परिवार र विस्थापित भएका बालबालिकाको लागि सो रकम सेभ द चिल्ड्रेनमार्फत सो रकम खर्चिने भएका हुन्। नेपालमा वैशाख १२ मा गएको भूकम्पबाट पीडित बालबालिकाको सहयोगका लागि पाँच लाख पाउन्ड अर्थात सात करोड ९० लाख रुपैयाँ सेभ द चिल्ड्रेनलार्इ हस्तान्तरण गरिसकेको समाचार एजेन्सीले जनाएका छन्। नेपालमा भूकम्प गएलगत्तै रोनाल्डोले भूकम्प पीडित बालबालिकालार्इ सहयोग गर्न एक सय करोड बढी फ्यान रहेको आफ्नो फेसबुक पेजमार्फत आह्वान गरेका थिए।

उनले गत वर्षमात्रै एक १० वर्षीय बालकको ब्रेन सर्जरीका लागि पनि सम्पूर्ण खर्च बेहोरेका थिए। सुनामी पीडित एक युवाले आफ्नो पोर्चुगिज फुटबलको ड्रेस पहिरिएको समाचारमा देखेपछि रोनाल्डोले सन् २००४ मा आएको विनाशकारी सुनामीबाट पीडितहरुलार्इ इन्डोनेसियामै पुगेर सहयोग गरेका थिए।