रोग नियन्त्रणको क्रममा,जाँजरकोट पुगेको सरकारी टोली आज कालिकोट जाने

बैशाख १२, काठमाण्डौ—तिन साता देखि फैलिएको मौसमी रुघाखोकीको संक्रमण नियन्त्रणका लागि जाँजरकोट पुगेको सरकारी टोली आज कालिकोट जाने भएको छ । जारकोटबाट डाक्टर सहितका स्वास्थ्यकर्मी तथा औषधि सहितको टोली संक्रमण नियन्त्रणका लागि कालीकोट जाने भएको हो ।

जाजरकोटको महामारी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नु भएका मुख्य सचिव लिलामणी पौडेलले रोग घट्दोक्रममा रहेको र अबको हप्ता दश दिन भित्र महामारी पुर्ण रुपमा नियन्त्रणमा आउने सक्ने बताउनुभयो ।

यसैविच जाजरकोटमा स्वाइन तथा सिजनल फ्लुका बिरामीको उपचारमा सहयोग र्पुयाउने उद्देश्यले विराटनगरस्थित लायन्स र लियो क्लब युनाइटेडले संयुक्त रुपमा एक रुपैयाँ सङ्कलन अभियानको सुरु गरेको छ ।

मोरङका विभिन्न विद्यालय, सरकारी कार्यालय, व्यापारिकस्थल र सार्वजनिकस्थलबाट ‘जाजरकोटलाई एक रुपैयाँ’को अभियानमार्फत सहयोग सङ्कलन गरिनेछ । यसका साथै सर्वसाधारणलाई जाजरकोटप्रति संवेदनशील गराउन र जनचेतनासमेत फैलाउने उद्देश्य रहेको बताइएको छ ।