मन्त्रिपरिषद् कार्यालयद्वारा अन्तराष्ट्रिय विमानस्थलको छड्के निरीक्षण

बैशाख ११, काठमाण्डौ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको छड्के निरीक्षण गरेको छ । विमानस्थलको सरसफाइ र यात्रुले व्यहोर्नुपर्ने झन्झटबारे सम्बन्धित निकायले ध्यान नदिएको गुनासो आएपछि मन्त्रीपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीको नेतृत्वमा गएको टोलीले विमानस्थलको आकस्मिक निरीक्षण गरेको हो । निरीक्षणछि विमानस्थल र यात्रुलाई पु¥याउने सेवा प्रवाहमा सुधार ल्याउन विमानस्थलमा कार्यरत सबै निकायका प्रमुख तथा जिम्मेवार पदाधिकारीहरुलाई सचिव सुवेदीले निर्देशन दिनु भएको छ ।

निरीक्षणको क्रममा प्रस्थान बिन्दुतर्फ श्रम डेस्क‚ टिकट जाँच काउन्टर‚ अध्यागमन‚सुरक्षा जाँच प्रणाली‚अन्तिम सुरक्षा जाँच‚ आगमनतर्फ अध्यागम क्लियरेन्स‚ सामान प्राप्त गर्ने प्रक्रिया सन्तोषजनक नभएको पाइएको सचिव सुवेदीले बताउनुभयो । ट्याक्सी सेवा‚ विशिष्ठ अतिथी कक्षको व्यवस्थापन‚ ट्रान्जिट यात्रुको व्यवस्थापन‚ शौचालय‚ ट्रली‚ टेलिफोन लगायत विमानस्थलको सरसफाई र त्यहाँ कार्यरत सबै निकाय बीचको समन्वय पनि राम्रो नभएको पाइएको थियो । सचिव श्रेष्ठले १५ बुँदे निर्देशन पनि निरिक्षणकोक्रममा दिनु भएको छ ।