कोईरालाको आज पनि इन्डोनसियामा बिभिन्न देशका विशिष्ट पाहुनासँगको भेटघाट जारि

वैशाख १०,काठमाण्डौ – सियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशौ  वार्षिकोत्सव समारोहमा भाग लिइरहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले अन्य राष्ट्राध्यक्ष, सरकार प्रमुख एवम् सरकारको प्रतिनिधिलाई आज भेटघाट गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री कोइरालाले जापानका प्रधानमन्त्री सिन्जो आबेसित हिजो भेटघाट गर्नु भएको छ भने आज सम्मेलन आयोजक देश इन्डोनसियाका राष्ट्रपति जोको विडोडो भेट्दै हुनुहुन्छ । त्यसैगरी बङ्गालादेशका प्रधानमन्त्री शेख हसिना आजेद, मान्माका राष्ट्रपति, भारतका विदेशमन्त्री सुष्मा स्वराजलगायत विशिष्ट पाहुनासँग भेटघाट गर्नुुहुने कार्यक्रम रहेको छ ।
नास्पको सम्मेलनअन्तर्गत आज पनि सहभागी देशले आफ्नो मन्त्यव्य राख्ने क्रम जारी रहने छ । विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण भन्ने नाराका साथ सुरु भएको नास्पको सम्मेलनमा एसिया तथा अफ्रिकाका महादेशका १०९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्रा्ष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको छ ।
एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ वाषिर्षोत्सव समारोह भने इन्डोनेसियाको वाङ्डुङ सहरमा भोलि हुँदैछ ।