संविधान सभाको बैठक आज बस्दै

वैशाख १०,काठमाण्डौ –संविधान सभाको बैठक आज बस्दै छ । आज बस्ने बैठकको कार्य सुचिमा दलहरुलाई पुन सहमतीका लागी एक साताको समय दिईने रहेको छ । माघ २९ गते देखि कार्य सुचिमा प्रबेश गर्न नसकेको संविधान सभाको बैठक पहिलो पटक कार्यसुचि सहित बस्ने भएको हो ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सहमतिका लागि दलहरुलाई एक साताको समय पुनः उपलब्ध गराउने गरी अर्को बैठक वैशाख १७ गतेका लागि तोक्न लागेको स्रोतले जनाएको छ । कांग्रेस एमाले र एमाओवादीका शीर्षनेताहरुबीच मिलिसकेका विषयलाई मस्यौदाको प्रक्रियामा पठाउने र संघीयताको विषयमा शीर्षनेता सम्मिलित कार्यदल बनाएर थप छलफल गर्ने सहमति बालुवाटार बैठकमा भएको थियो । यो सहमतिले अब संविधानसभाले बिजनेश पाउने अनुमान गरिएको थियो ।
तर, सहमतिलगत्तै प्रधानमन्त्री सुशील कोइराला जकार्तातर्फ लागेपछि दलहरुबीच फेरि छलफल अघि बढेको छैन ।