राप्ती म्यूजिक अवार्ड २०७१ का लागि उत्कृष्ठ पाँच मनोनयन सार्वजनिक

बैशाख ६, काठमाण्डौ – यहि बैशाख १८ २०७२ मा काठमाण्डौको राष्ट्रिय नाचघरमा आयोजना हुने राप्ती म्यूजिक अवार्ड २०७१ का लागि उत्कृष्ठ पाँच मनोनयन सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि विभिन्न २४ विधाका उत्कृष्ठ पाँच मनोनित श्रष्ठाहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गर्दै मनोनयन सार्वजनिक गरिएको हो । आयोजक संस्था रापती समाज काठमाण्डौका अध्यक्ष शशि शर्मा मजगैंयाको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख आतिथि बरिष्ठ संगितकार बुलु मुकारुङले आफनो मन्तव्य राख्नुहुदै समाजले श्रष्ठा सम्मान र प्रोत्साहनका लागि थालिएको उदाहरणीय कार्यलाई निरन्तरता दिईरहेकोमा प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुदै अवार्डको निर्णायक सदस्य समेत रहनुभएकि समाजकि संरक्षक,बरिष्ठ लोक गायिका कोमल ओलीले अत्यन्त मिहिनेत गरेर निर्णय गरिएको बताउनुभयो त्यसैगरी राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान तथा संगीत रोयल्टि संकलन समाज नेपालका महासचिव रमेश विजिले कार्यक्रमका लगि शुभकामना दिनुभएको थियो । समाजका बरिष्ठ उपाध्यक्ष प्रविणकुमार रेग्मीको स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रमको सञ्चालन महासचिव टिका भण्डारी र सदस्य पि.एन सापकोटाले गर्नृभएको थियो । कार्यक्रममा गायक कृष्ण रेउले जय देबकोटा,गायीका रिता के.सी र मेरी बास्सैका हाँस्य कलाकार भडभटे माईला लगायतकाले आफ्नो प्रस्तुति राखेका थिए ।