आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

बैशाख ६, काठमाण्डौ- देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रमअनुसार वैशाख ६ र ७ गते ६ महिनादेखि ५ वर्षसम्मका लागि भिटामिन ए खुवाउने गरिन्छ भने भने एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।

नगरपालिका र गाविसका हरेक वडामा तोकिएका केन्द्रहरूमा भिटामिन ‘ए’ जुकाको औषधी खुवाउने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । यसका लागि स्वास्थ्य स्वयम्सेविकाहरूलाई परिचालन गरिएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।