संविधानसभाको बैठक आज बस्दै, शोक प्रस्ताव पारित गरेर स्थगित हुने

बैशाख ६, काठमाण्डौ – संविधानसभाको बैठक आज बस्ने भएको छ । लामो समय देखि औपचारीकतामा प्रबेश पाउँन नसकेको संविधानसभाको बैठक आज पनि शोक प्रस्ताव मात्र परित हुँदै स्थगीत हुने भएको छ ।

आज दिउँसो ३ बजेकालागी तए भएको बैठमापूर्व प्रधानमन्त्री एवम् संविधानसभामा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको सम्मानमा शोक प्रस्ताव पारितगरिने संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । थापाको

उपचारका क्रममा गत बुधबार भारतमा निधन भएको थियो ।
लगातार शोक प्रस्ताव प्रस्तुत गर्दै स्थगित हुँदै आएको संविधानसभाको बैठकमा अन्य कुनै कार्यसूची नरहेको बताइएको छ । पूर्व सभासद् रामनाथ ढकाल तथा सलिम मियाँ अन्सारीको सम्मानमा शोक प्रस्ताव पारित गर्दै यसअघिका बैठक स्थगित भएका थिए ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुलाई सहमतिका लागि भन्दै दिनुभएको समयसीमा भने आज सकिएको छ । गत चैत्र ३० गते बसेको संविधानसभाको बैठकपछि प्रमुख दलका शीर्ष नेतालाई बोलाएर छलफल गर्नुभएका नेम्वाङले संविधानका विवादित विषयमा सहमति जुटाउन आजसम्मको समयसीमा प्रदान गर्नुभएको थियो ।
तर सभाध्यक्ष नेम्वाङले दिनुभएको समयसीमाभित्र दलहरुबीच कुनै पनि औपचारिक बैठकसमेत हुन सकेन । द्विपक्षीय तथा बहुपक्षीय बैठकसमेत बस्न नसकेको अवस्थामा कुनै पनि सहमति हुन सकेन ।

दलहरुबीच संविधानको मूलभूत विषयमा नै सहमति हुन सकेको छैन । राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा सहमति हुन सकेको छैन ।

सभाध्यक्षले दलहरुलाई दिनुभएको समयसीमा पटक–पटक मिचिँदै आएको छ । पछिल्लो दिनमा देखिएको संवादहीनताले त मुलुकलाई थप अन्योल बनाइदिएको छ । सहमति नभए प्रक्रियामा भएपनि सहमति गर्न सभाध्यक्षले आग्रह गर्नुभएपनि सो समेत अगाडि बढेको छैन ।