नीता र जीवनको धुन’ बैसाख १८ मा बज्ने पक्का ! (ट्रेलर सहित)

काठमाण्डौ— चलचित्र ‘धुन’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बैसाख १८ लाई रिलिज मिति घोषणा गर्दै निर्माण युनिटले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । सांगितिक प्रेम कथा बोकेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम रोमान्स तथा द्वन्द्वात्मक पक्षलाई जोडिएको छ ।

केहि महिना पहिले सार्वजनिक गीतले चलचित्र बजारमा राम्रो चर्चा र दर्शक र श्रोताको राम्रो साथ पाईरहँदा चलचित्र हलमा आईसकेपछी पनि दर्शकको साथ पाउनेमा निर्माण टिम आशावादी छ । रिलिज मिति नजिकिँदै गर्दा प्रचारलाई ब्यापकता दिने गरी अघी बढ्ने योजना स्वरुप ट्रेलर सार्वजनिक गरेको निर्मात्री तथा प्रस्तुतकर्ता मालती शाहले बताईन् । ‘धुन’को सांगितिक पक्ष उत्कृष्ट रहेकोले पनि रिलिज पश्चात चलचित्रले दर्शकको राम्रो साथ पाउने मालतीको आशा छ ।

जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, सुरविर पण्डित लगायतका कलाकरहरुको अभिनय रहेको चलचित्र ‘धुन’मा मालती सँगै सुशिल शाह, बिनोद भट्ट, श्रेया दुलाल र मधुसुदन ढकालको लगानी छ, भने संगीत लक्की सिटौलाले भरेका छन् । यो चलचित्रलाई बिरेन्द्र भट्टले खिचेका हुन् ।

भिडियो