आजदेखि लोडसेडिङ घटेको छ

बैशाख ४, काठमाण्डौ—आजदेखि लोडसेडिङ घटेको छ । यसअघि हप्तामा साढे  ५९ घण्टा भइरहेको लोडसेडिङ्ग  ५५ घण्टामा सीमित गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले शुक्रबारदेखि लोडसेडिङ्ग हप्तामा साढे चार घण्टा घटाएको हो ।
अब हप्तामा ६ दिन आठ घण्टा र एकदिन ७ घण्टा बत्ती जानेछ । नदीमा पानीको जलस्तर घट्ने क्रममा रहेपनि कुलेखानी जलाशयमा पानीको सञ्चिती अनुकल भएकोले लोडसेडिङ्ग घटाइएको प्राधिकरणले जनाएको छ ।