फ्लुबाट जाजरकोटमा थप एकको मृत्यु, सङ्ख्या १८ पुग्यो

बैशाख ३,जाजरकोट- मौसमी ङ्खलूका कारण जाजरकोटमा थप एक जनाको मृत्यु भएको छ । गएराति नायकवाडा गाविस वडा नं ४ का ५५ वर्षीय शरण चलाउनेको मृत्यु भएको हो ।नायकवाडा गाविसको वडा नं १, २, ३ र ४ मा एकै घरमा तीनभन्दा बढी बिरामी परेको नेकपा–माओवादीका इलाका प्रमुख दलबहादुर सिंहले जानकारी दिनुभयो । योसहित मृतकको सङ्ख्या १८ पुगेको छ ।