लिबियामा डुंगा डुब्दा चार सयले ज्यान गुमाएको आशंका

बैशाख २,लिबिया- लिबियाको समुद्री तटमा एउटा डुंगा डुब्दा त्यसमा सवार ४ सय बढी प्रवासी यात्री मारिएको आशंका गरिएको छ। डुंगा दुर्घटनामा बचेका यात्रीले उक्त जानकारी दिएको सेभ द चिल्ड्रेनले जनाएको छ। इटालीको तट रक्षक बलले सोमबार १४४ जनालाई बचाएको थियो । अन्यको खोजीमा समुद्रका साथसाथै हवाई अभियान पनि सुरु गरिएको जनाइएको छ। जीवित बचाएकामा युवाहरुका साथै बालबालिकासमेत रहेको सेभ द चिल्ड्रेनले जनाएको छ। युरोपिय संघका अनुसार शुक्रबारयता भूमध्यसागर भएर जाने सात हजार बढी प्रवासी यात्रु पक्राउ परेका छन् । एजेन्सी