क्युवालाई आतंकवादी सूचीबाट हटाउने प्रस्ताव

बैशाख २,न्युयोर्क- अमेरिकाले क्युवालाई आतंकवादीको सूचिबाट हटाउने प्रस्ताव काँग्रेस समक्ष पेश गरेको ह्वाईट हाउसले जनाएकोे छ ।

५ दशक भन्दा लामो बिग्रिएको सम्बन्ध गत बर्ष देखी सुधार भएसंगै अमेरिकाले क्युवाप्रति नरम निति अबलम्बन गर्न लागेको हो । पछिल्लो ६ महिनामा क्युबाले आतंकवादलाई समर्थन नगरेको र भविष्यमा पनि नगर्ने विश्वास भएकाले आतंकवादको सूचिबाट हटाउने घोषणा गरेको राष्ट्रपति बाराक ओबामाले स्पष्ट पार्नुभयो । एजेन्सी
ओबामा प्रशाशनको नरम नितिको रिपव्लीकन सिनेटरहरुले भने बिरोध गरेका छन् । पछिल्लो भेटका क्रममा क्युबाका राष्ट्रपति राहुल कास्त्रोले आफ्नो देशको नाम आतंकवादको सूचिबाट हटाउन ओबामासँग आग्रह गर्नुभएको थियो ।
सन १९६० मा अमेरिकाले क्युवा संगको सम्पूर्ण कुटनीतिक सम्बन्ध तोडेको घोषणा गर्दै आतंकबादीको सुचिमा राखेको थियो ।