आज बस्ने संविधानसभा बैठक पनि शोक प्रस्तावमै सीमित रहने

चैत्र ३०, काठमाडौ- संविधानसभाको बैठक आज बस्दैछ । तर पूर्व मन्त्री सलिम मिया अन्सारीको शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित हुने भएकाले आजको बैठक पनि औपचारिकतामा मात्र सीमित हुनेछ ।

आजको बैठक स्थगित गर्दै सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमतिका लागि आग्रह गर्नुहुने भएको छ । संविधानसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । आज साँझ शीर्ष नेताहरुको बैठक बस्ने भनिए पनि टुंगो भने लागिनसकेको नेताहरुले बताएका छन् ।
यसैबीच आज बिहान भने विभिन्न संसदीय समितिहरुको बैठक बस्दैछ । अहिले केहीबेरमा विकास समिति र सामाजिक न्याय समितिको छुट्छुट्टै बस्नेछ भने ११ बजे विधायन समितिको बैठक बस्ने भएको छ ।