बालगृहमा आरक्षित बालिका प्रहरीबाटै बलात्कृत

चैत २९, काभ्रे – काभ्रेको पनौतीमा सञ्चालित शिविन शान्ति बालिकागृहमा आरक्षित एक बालिका प्रहरीबाटै बलात्कृत भएको तथ्य खुलेको छ । बालिका बलात्कार गरेको किटानी परेपछि दुई प्रहरीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

गत चैत २५ मा पनौति बसपार्कमा राति १२ बजे बालिकागृहबाट बेपत्ता भएका बालिकाहरुलाई दुई प्रहरीले बलात्कार गरेको किटानी जाहेरी परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेको राजधानीलगायतका दैनिक पत्रिकामा खबर छ । पनौतीमा रातको समयमा ड्युटी गरिरहेका प्रहरीले डरधम्की देखाउँदै बलात्कार गरेको उजुरी बालिकागृहले दिएपछि आरोपित प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।बलत्कारको आरोप लागेकामा प्रहरी हबलदार शम्भु राउत र प्रहरी जवान श्रीराम शाह रहेका छन् ।