जुवा खेलेर भाग्दा छतबाट खसेर ज्यान गयो

चैत २९, काठमाडौ- जुवा खेलाएको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भाग्ने क्रममा तीन तलाबाट खसेर एक जनाको मृत्यु भएको छ ।कोटेश्वरको सहयोगीनगरमा तीन तलाबाट खसेर झपटबहादुर शाहीको मृत्यु भएको हो ।शाही अवकाशप्राप्त सरकारी कर्मचारी हुन् । उनले आफ्नै घरमा जुवा खेलाइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्ता बानेश्वरले शनिबार दिउँसो छापा हानेको थियो । पक्राउ गर्न प्रहरी आएको थाहा पाएपछि उनी झ्यालबाट भाग्न खोजेका थिए ।

घरको टपबाट भाग्न खोज्दा चिप्लिएर उनी लडेको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ, नयाँ पत्रिकामा खबर छ ।जुवा खेलिरहेको अवस्थामा अन्य १२ जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।दुई खाल बनाएर जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका महानगरीय प्रहरी वृत्त बानेश्वरका इन्सपेक्टर मञ्जित कुवँरले जानकारी दिए ।