राष्ट्रिय लिग फुटबलमा आज थ्रिस्टार क्लव र नेपाल पुलिस भिड्दै

चैत २७, काठमाडौ- रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा आज थ्रिस्टार क्लव र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

पुलिस अङ्क बिहिन छ भने ३ खेलबाट ७ अङ्क जोडेको थ्रिस्टार लिगको दोस्रो स्थानमा छ । दशरथ रंगशालामा आज हुने खेल जितेको खण्डमा थ्रिस्टार क्लव अंक तालिकाको शिर्ष स्थानमा उक्लिनेछ । राष्ट्रिय लिग अन्तर्गत हिजोको भएको खेल जित्दै पुर्वाञ्चलको झापा एघार अङ्क तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।
लिग अन्तर्गतै हिजै भएको अर्को खेलमा जगदम्बा लुम्बिन क्लब र मोरङ फुटबल क्लबले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् ।