सप्तरीमा भीषण आगलागी, बस्ती नै सखाप, २ जना घाइते

चैत्र २६,सप्तरी- सप्तरीको रामपुराको मल्हनिया गाउँ विकास समिति वडा नम्बर–५ स्थित मल्हनियाँ टोलमा विहीबार भएको भीषण आगलागीबाट अहिलेसम्म एक सय घर जलेर नष्ट भएका छन् ।स्थानीय दशरथ यादवको घरबाट सुरु भएको आगोले बस्ती नै सखाप पारेको छ । आगोमा परी दुईजना घाइते भएका छन् भने एक दर्जनभन्दा बढी पशु पनि जलेका छन् ।आगलागी नियन्त्रणका लागि राजविराजबाट गएको दमकल ढिला पुग्दा क्षति बढी भएको हो ।दमकल, स्थानीयबासी र प्रहरीले आगो निभाएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।