सहमतिका लागि अधिकतम प्रयास गर्ने कांग्रेस एमालेको निर्णय

चैत्र २६,काठमाडौ- सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिका लागि चैत ३० गतेसम्म अधिकतम प्रयास गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शिर्ष नेताहरुको बैठकले आमहड्ताल फिर्ता लिएर ३० दलीय मोर्चा वार्तामा आउनु सकारात्मक भएको निष्कर्ष निकल्दै सहमतिका लागि प्रयास जारी राख्ने निर्णय गरेको हो ।

बैठकपछि एमाले उपाध्यक्ष एवं गृहमनत्री बामदेव गौतमले विभिन्न विकल्प सहित विपक्ष मोर्चासँग छलफल गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले एकीकृत माओवादी सहतिका विपक्षी दलसँग सहमतिका लागि औपचारिक तथा अनौैपचारिक छलफल गरिने समेत उल्लेख गर्नुभयो । दुई दलले ३० गते बस्ने संविधानसभाको बैठकबाट संविधान निर्माण प्रक्रिया अगाडि बढाउने समेत जनाएका छन् ।
विवादका विषयमाथि छलफल गर्दै संविधान निर्माण प्रक्रिया नरोक्ने निचोडमा पुगेको नेपाली कांग्रेसका सह महामन्त्री पूर्णबहादुर खड्काले बताउनुभयो । ३० दलीय मोर्चाले आमहड्ता फिर्ता लिएसँगै सहमतिका लागि मुख्य दलका दोस्रा तहका नेताहरुले प्रयास गरिरहेका छन् ।