जोरायल बस दुर्घटनाका चालकलाई १० बर्षको कैद सजाय

चैत्र २४,डोटी- २९ जनाको ज्यान जाने गरी भएको जोरायल बस दुर्घटनाका चालकलाई १० बर्षको कैद सजाय भएको छ ।

जिल्ला अदालत डोटीले बसका चालक वीरेन्द्र साहुलाई १० बर्षको कैद सजाय सुनाएको हो । चालकलाई १० बर्षको कैद सुनाएपनि बसमै रहेका मालिक डम्बर साहुलाई भने ५० हजार धरौटीमा छाडिएको छ ।
६ महिना अघि कैयौलाई अगभग बनाएर २९ जनाको ज्यान जाने गरी जोरायलबाट दशैको टीका थापेर फर्कदै गरेको यात्रु बोकेको बस कटकटेको भीरका खसेको थियो ।