राष्ट्रिय लिग फुटबल मा आर्मी र थ्री स्टार बराबरी

चैत्र २२ , काठमाडौं- राष्ट्रिय लिग फुटबलमा आइतबारको खेलमा थ्री स्टार र नेपाल आर्मीले गोलरहित बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक भएको खेलमा दुबै टोलीले गोल गर्ने मौका पाएपनि गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

दुबै टोलीले सुरुवातदेखि नै आक्रमक खेलेका थिए । दोश्रो हाफको छैंटौ मिनेटमा थ्री स्टारका सन्तोष साहुखलले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि थ्री स्टार अन्तिम ३९ मिनेट १० खेलमाडीमा सिमित भएको थियो ।
जापानबाट आइतबार नै नेपाल फर्किएका साहुखलले आर्मीका गोलकिपर विकेस कुथु लाई फल गरेवापत सोझै रातो कार्ड पाएका थिए । तर थ्री स्टार १० खेलाडीमा सिमित भएको फाइदा आर्मीले उठाउन सकेन ।
बरबरीसँगै ३ खेलबाट ७ अंक जोडेको थ्री स्टार लिगको शीर्ष स्थानमा यथावत छ । आर्मी भने समान ३ खेलबाट ५ अंकका साथ तेश्रो स्थानमा रहेको छ ।