ललितपुरको रातो मच्छिन्द्रनाथको महास्नान बुङ्गमतिमा आज गरिंदै

चैत्र २२,ललितपुर- आज ललितपुरको रातो मच्छिन्द्रनाथको महास्नान बुङ्गमतिमा गरिंदैछ । महास्नान गर्ने भनेको मच्छिन्द्रनाथको मूतिर्ताई पवित्र जलले नुहाईदिनु हो । यो परम्परालाई स्थानीयवासीले न्हवं भन्छन । महास्नान पछि माटोबाट बनेको मच्छिन्द्रनाथको मूतिर्ताई मर्मत सम्भार गरेर रंगरोगन लगाउने चलन छ । त्यसपछि मुतिर्तो दश संस्कार कर्म अर्थात न्वारान, पास्नी , ब्रतबन्ध गुफा राख्ने जस्ता सबै कर्म संस्कार पुरा गरेर मात्र रथारोहण गर्ने चलन छ ।

महास्नानको भोलिदेखि रथ बनाउन शुरु गरिन्छ भने महास्नान गरेको १५ दिन पछि अर्थात यो पटक आउने वैशाख ६ गते सो मूतिर्ताई रथारोहण गरिन्छ । यो पटक बाह्र बर्षे जात्रा भएकोले २०७२ वैशाख ९ गतेका दिन बुंगमतिबाट रथ तानेर पाटनको विभिन्न ठाउँ घुमाएर फेरि बुंगमतिसम्म रथ फर्काएर रातो मच्छिन्द्रनाथ रथ यात्रा सम्पन्न गरिदैंछ । अरुबेला लगनखेलको डबलीमा महास्नान गरेर पाटन क्षेत्रमा रथयात्रा गरेपछि जावलाखेलमा भोटोजात्रा पछि मुतिर्ताई खटमा राखेर बुंगमति लाने गरिन्छ ।