“परिर्वतनका लागी पाईलाहरु” भन्ने युवाले गरे क्याण्डल र्याली

चैत्र २१, काठमाण्डौं – परिर्वतनका लागी पाईलाहरु भन्ने युवा अभियानले नयाँ संविधान र नयाँ नेपाल निमार्ण विषयमा साङकेतिकरुपमा आशाको उज्यालो स्वरुप क्याण्डल र्याली सहितको जागराम अभियान सम्पन्न गरेको छ ।

नेता विग्रिए देशकहिल्यै विग्रिदैन जनता विग्रिए देश कहिल्यै बन्दैन भन्ने नाराका साथ गए राती जागराम अभियान पनि  सम्पन्न गरिएको हो । अध्यारोमा उज्यालो बोकेर जनतालाई सचेत एवं सशक्त बनाउँने उद्देश्यले शुक्रबार राती १२ देखि १ बजे सम्म एक घण्टा र्याली  समेत गरिएको थियो ।

अभियानले विज्ञप्ती जारी गर्दै जनतालाई आफ्नो हक अधिकारी प्रति सचेत रहन, समाजमा जवाफदेहिता तथा पार्दशितको खोजी गर्न, व्यक्तिगत तथा सामुहिक स्वाथ त्यागेर राष्टिय मनोविज्ञान निमार्ण गर्नका साथै आशावादी भएर  सकरात्मक र रचनात्मक कार्यमा जुट्न तथा उत्पादनमा विशेष ध्यान दिन अपिल गरेको छ ।