जुनार बिक्रीबाट १० करोड आम्दानी

चैत्र १८, रामेछाप – रामेछापमा यस बर्ष जुनार बिक्रीबाट १० करोड आम्दानी भएको   जिल्ला कृषि विकाश कार्यालयले जनाएको छ । जिल्लाको ओख्रेनी, सुकाजोर, रामपुर, रामेछाप, सालु, फुलासी,डढुवा, सुनारपानी गाविसबाट १० करोड बराबरको जुनार बिक्री भएको प्रबिधिक सहायक हिमाल भुसालले जानकारी दिए । ११ हजार हेक्टरमा लगाईएको जुनार खेतीबाट १३ हजार ३ सय ३२ मेट्रिकटन उत्पादन भएको उहाँको भनाई छ । जिल्लाको नगदेबालीको रुपमा मानीने जुनार ८ सय देखी १४ सय मिटरको उचाई भएका क्षेत्रमा फल्ने गर्दछ ।